यसकारण हटाइए लीलामणि

मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ। पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो।

पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन्। कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन्। उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-06 21:15:04

प्रतिकृया दिनुहोस्