प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिखारी राष्ट्र नभएको बताएका छन्। विदेशी लगानीकर्ताले यहाँ लगानी गरेर मुनाफा कमाउन सक्ने तर नेपालले भिख नमाग्ने उनले स्पष्ट पारे।
समृद्ध र सवल नभएसम्म विश्वमा नेपालको पहिचान स्थापित नहुने भन्दै प्रधानमन्त्री ओलीले भिखारीलाई नभई धनीलाई मात्रै चिन्ने विश्वको मान्यता रहेको बताए। झापाको दमकमा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन तथा एक नम्बर प्रदेशस्तरीय त्रि–दिवसीय वृहत वाङ्मय संगोष्ठी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्...