एजेन्सी
ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेबाट उनी पक्राउ परेका हुन्।
भाइ रोबर्टोसहित उनलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको पाराग्वेको गृहमन्त्रालयले जनाएको छ।
उनीहरु बसेको होटलमा बुधबार राति छापा मारी प्रहरीले पक्राउ गरेको हो । छापा मार्ने क्रममा रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बरामद गरेको मन्त्रालयको आरोप छ। रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । उनी त्यहाँ विभिन्न भेटघाटमा सहभागी हुने कार्यक्रम थियो ।
रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो ।
रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए । उनले व्यवसायिक फुटबल बार्सिलोनाबाट खेलेका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया