अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुगेको छ। मर्ने सबै पश्चिमतटीय राज्यका रहेको बताइएको छ। ११ मध्ये १० जना वासिङ्टनमा मरेका हुन् भने बुधबार एकजनाको क्यालिफोर्नियामा मृत्यु भएको छ।
मर्नेको संख्या मात्र बढेको छैन, कोरोना भाइरस थप राज्यमा फैलिएर संक्रमितको संख्या एक सय ५८ पनि पुगेको छ। तीमध्ये ४८ जना विदेशी भूमिमा र एकसय १० जना अमेरिकाभित्र संक्रमित भएका हुन् ।
मंगलबारसम्म १३ राज्यमा फैलिएको कोरोना भाइरस बुधबार अन्य दुई राज्यमा फैलिएर १५ राज्यमा पुगेको छ। बुधबार टेक्सास र न्युजर्सी राज्यमा कोरोना भाइरस सक्रमित विरामी भेटिएका हुन् ।
अमेरिकामा कोरोना भाइरसले ११ जनाको ज्यान लिएको छ भने संक्रमितको संख्या बढेर एकसय ५८ पुगेको छ। शनिबार वासिङ्टन राज्यमा कोवेड-१९ बाट मर्ने पहिलो अमेरिकी पाइएयताका पाँच दिनमा वासिङ्टनमै १० जनाको ज्यान गएको छ। बुधबार क्यालिफोर्नियामा एकजनाको मृत्यु भएको छ। बुधबार टेक्सास र न्युजर्सीमा पनि कोवेड-१९ का विरामी भेटिएपछि अमेरिकामा १५ राज्य कोरोना भाइरस संक्रमित भएका छन्। न्युयोर्कमा पनि कोरोना भाइरसको संक्रमण बढेको छ। त्यहाँ ११ जना विरामी भेटिइसकेका छन्।
पछिल्लो तथ्यांकअनुसार संक्रमितमध्ये सबैभन्दा बढी ३९ जना वासिङ्टन र ३६ जना क्यालिफोर्नियाका रहेको जनाइएको छ । यसैगरी न्युयोर्कमा ११, एलिनोयमा ४, फ्लोरिडा,ओरेगनमा तीन तीन, रोड आयल्याण्डमा, एरिजोना, मासाचुसेट्स, न्युयोर्कमा दुई दुई र नर्थ क्यारोलाइना, विस्कन्सिन, टेक्सास र न्युजर्सीमा एक-एकजना रहेको बताइएको छ ।
अहिलेसम्म विश्वका ७० देशका तीनहजार दुईसय ८३ मानिसको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ९४ हजार नौ सय सात पुगेको बताइएको छ। मर्नेमध्ये तीनहजार १२ चीनमा र अन्य देशमा दुईसय ७१ रहेको जनाइएको छ ।