सोमबार, १५ डिसेम्बर २०२५

म्यानचेस्टर र लेस्टर एफए कपकाे क्वाटरफाइनलमा

एजेन्सी

एजेन्सी

काठमाडाैं
News Image
• • •

लेस्टर सिटी एफए कप फुटबलका क्वाटरफाइनलमा प्रवेश गरेको छ।

 बुधबार राति घरेलु मैदानमा भएको पाँचौँ चरणको खेलमा बर्मिङ्गघम सिटीलाई १–० ले पराजित गर्दै लेस्टर अन्तिम ८ मा पुगेको हो।

८२ औँ मिनेटमा रिकार्डो परेइराले गरेको गोल नै लेस्टरको जितमा निर्णायक बन्यो।

लेस्टरले पछिल्ला ६ खेलमा पहिलो जित दर्ता गरेको हो। लेस्टरले यसअघिका चार खेलमा गोल गर्न सकेको थिएन।

 बुधबार राति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेर म्यानचेस्टर सिटी पनि अन्तिम ८ मा पुगेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!