बिएल संवाददाता
मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
इलामको टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो।
मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई गोल गरे। यस्तै एक गोल सोमिडे एडिलाजाले गरे।
खेलमा १९ औं मिनेटमा रेजिनको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो। २१ औं मिनेटमा सोमिडेले रजिन धिमालको कर्नरमा गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए। दोस्रो हाफमा थप १ गोल भएको थियो।
खेलको ८७ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए।
अब मछिन्द्रले उपाधिका लागि आयोजक माईभ्याली र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया