सोमबार, १५ डिसेम्बर २०२५

नेपाल घुमेर फर्किएका स्पेनिस नागरिककाे कोरोनाले लियाे ज्यान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।

 भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेको 
डेली मेल समाचारपत्रले उल्लेख गरेको छ।

समाचारमा मृत्यु हुनुपूर्व ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको उल्लेख छ।

सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भए पनि उनको मृत्युको कारण खुलाइएको थिएन।

पछि अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन्।

स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!