अमेरिकाको टेनिसीमा टोर्नाडो, २५ जनाको मृत्यु

अमेरिकाको टेनिसी राज्यमा सोमबार मध्य रातमा आएको दुईवटा टोर्नाडोका कारण ठूलो क्षति भएको छ। 

टेनिसीको सबैभन्दा ठूलो शहर नाशभिलमा टोर्नाडोले ठूलो क्षति गरेको छ। नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढी क्षति भएको हो। 

घर तथा भवनहरु भत्किएका छन् भने धेरै मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

टोर्नाडोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।  मृत्यु हुने मध्ये १९ जना नाशभिल काउन्टीका हुन्। अझै पनि धेरै मानिस सम्पर्क बाहिर रहेको जनाइएको छ ।

अहिले झण्डै ४४ हजार मानिस विद्युत सेवा बिना रहेका छन्। उद्धार तथा राहतको काम भइरहेको जनाइएको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2020-03-04 20:39:00

प्रतिकृया दिनुहोस्