चलचित्र ‘नीरफूल’काे ट्रेलर सार्वजनिक

फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ एक हप्ता सरेको छ। फागुन ३० मा रिलिज डेट तोकिएको  ‘नीरफूल’ अब चैत ७ मा रिलिज हुनेछ।

चलचित्र ‘नीरफूल’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ। भूकम्पमा परी बिछोडिएको परिवारले पुनर्मिलनका लागि गर्ने संघर्षमा आधारित चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतको अभिनय छ।

चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक बलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रूपमा पनि छन्। फ्रेन्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

निर्माताको रूपमा बेलायतबाट दीपक  श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरीमगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, बीके श्रेष्ठलगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्। राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन्।
 

प्रकाशित मिति: : 2020-03-04 19:58:37

प्रतिकृया दिनुहोस्