बिएल संवाददाता
थाईल्याण्डमा जारी एसीसी ईष्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगीतामा सिंगापुरले लगातार दोस्रो जित निकालेको छ।
मंगलबार भएको खेलमा मलेसियालाई १ सय २८ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर फाईनल नजिक पुगेको छ। सिंगापुरले दिएको २ सय ४० रनको बिशाल चुनौती पछ्याएको मलेसिया १५ दशमलव १ ओभरमा १ सय ११ रनमा समेटियो।
मलेसियाका लागि अहमद फैजले सर्बाधिक २५ रन बनाएउँदा सायद अजिज र अमिनुद्दिन राम्लीले समान २३-२३ रन जोडे। महम्मद आरिफले १५ र खीयार हायातले १३ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न सिंगापुरका अनन्त कृष्णले ४ तथा अमजाद महबुवले २ विकेट लिए। टिम डेभिड, आर्यमन सुनिल र आहान एचहारले समान एक विकेट लिए। मलेसियाका एक व्याट्सम्यान रनआउट भए ।
यसअघि बैङककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३९ रनको उच्च योगफल तयार पारेको थियो। जारी प्रतियोगीतामा कुनै पनि टोलीले बनाएको यो नै सर्बाधिक स्कोर हो ।
पहिलो विकेटका लागि सुरेन्द्र चन्द्रमोहन र सिद्धान्त सिंहले ६५ बलमा ९६ रनको साझेदारी गरेपछि सिंगापुर उच्चस्कोर बनाउन सफल बन्यो। सिंह र टिम डेभिडले दोस्रो विकेटका लागि ४० बलमा ९९ रनको अर्को ठूलो साझेदारी बनाए।
सिंगापुरको ईनिङसमा बिष्फोटक ब्याटिङ गरेका टिम डेभिडले मात्र ३२ बलमा अबिजित ९२ र सिद्धान्त सिंहले ७७ रनको योगदान गरे। डेभिडले १७ बलमा अर्धशतक बनाएका थिए।
सुरेन्द्र चन्द्रमोहन ४७ रनमा पभेलियन फर्किँदा आर्यमन सुनिलले १६ रन जोडे। मलेसियाका खीयार हायात, स्याजरुल ईद्रुस र महम्मद फित्रीले एक विकेट लिए। आजको जितसँगै सिंगापु ४ अंकसहित समूहको शीर्ष स्थानमा छ।
यस्तै तीन खेलबाट ४ अंक जोडेको मलेसिया दोस्रो तथा १ खेलबाट २ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ। नेपालले २ खेल खेले पनि अंकबिहिन छ।
आजै हुने दोस्रो खेलमा हङकङले थाईल्याण्डलाई हराए नेपाल बाहिरिने लगभग पक्का भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया