दीपिका ‘पेरिस फेसन विक’मा सहभागी नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रान्सको राजधानी पेरिसमा आयोजना भैरहेको ‘पेरिस फेसन विक’मा नायिका दीपिका पादुकोण सहभागी नहुने भएकी छिन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दीपिकाले कार्यक्रममा सहभागिता नजनाउने भएकी हुन्। 

उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा थिइन्। फ्रेवुअरी २४ बाट फ्रान्सको राजधानी पेरिसमा सुरु भएको यो फेसन शो मार्च ३ सम्म चल्नेछ।

‘दीपिका फेसन विकमा सहभागी हुन जाने निश्चित भएको थियो। तर, कोरोना भाइरसको महामारीले फ्रान्समा समेत पकड जमाएकाले उनको यात्रा रद्द गरिएको छ,’दीपिकाका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ।

दीपिका नयाँ चलचित्र ‘८३’मा देखिने तयारीमा छिन्।

प्रकाशित मिति: : 2020-03-04 00:17:11

प्रतिकृया दिनुहोस्