एनिमेसन क्षेत्रमा लागेकाहरूको सपनै हुन्छ– 'डिज्नी' मा काम गर्ने।
अमेरिकाको ठूलो कम्पनीमा जोडिने सपना सहजै पूरा हुँदैन। अहिले ५८ वर्ष पुगेका किरणभक्त जोशीले भने १२ वर्षअघि पूरा भइसकेको त्यो सपनालाई तिलाञ्जली दिए। आफ्नोभन्दा यो क्षेत्रमा भविष्य बनाउन खोजिरहेका नेपालीहरूको सपना उनलाई प्यारो लाग्यो।
२०६३ सालतिरको कुरा हो। एउटा फरक घटनाले डोर्याएर अमेरिकाबाट उनी नेपाल आएका थिए।
दिदी–भिनाजुसहित चार, पाँच जनाको धनकुटाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेर निधन भएको थियो। १३ दिने काजकिरियाका लागि किरण नेपाल आए। त्यसपछिका बाँकी दिन यतै रहँदा साथीहरूले सोधे– नेपालमै एनिमेसन कम्पनी किन नखोल्ने?