सीमा नाकामा नाम मात्रैको हेल्थ डेस्क : भारततिर कडाइ, नेपालतिर लापरवाही

रातोपाटी

काठमाडौं

 कोरोना भाइरसको संक्रमण विश्वव्यापी भइसकेको अवस्थामा खुला सीमा भएको नेपालले आवश्यक सतर्कतामा अझै ध्यान दिन सकेको देखिएको छैन ।

तीनतिर भारत र एकतिर चीनबाट घेरिएको नेपालले स्थलमार्ग हुँदै भित्रिने मानिसहरुमार्फत कोरोना संक्रमण आउन सक्नेतर्फ ध्यान दिन सकेको छैन । भारतसँग जोडिएका केही सीमा नाकामा हेल्थ डेस्क स्थापना भए पनि ती सबै औपचारिकतामा सीमित देखिएका छन् ।

भारतले आफ्नो क्षेत्रमा स्थापना गरेका हेल्थ डेस्कको तुलनामा नेपालले आफ्नो देशमा भित्रिने नागरिकहरुको स्वास्थ्य परीक्षणमा न प्रविधिलाई महत्व दिएको छ, नत चेकजाँच तथा सोधपुछमा नै कडाइ गर्न सकेको छ ।

प्रदेश नम्बर २ मा फितलो व्यवस्थापन
भारतको बिहार राज्यको सितामढी जिल्ला, चरौत निवासी एक युवकमा कोरोनाभारइसको लक्षण देखिएपछि सीमा जोडिएको प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकामा कोरोनाभाइरस हेल्थ डेस्क स्थापना गरिएको छ ।

कोरोनाभाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिरहा लगायतका सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवम् चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको हो । यद्यपि यसको व्यवस्थापन भने फितलो देखिएको छ । बारा र रौतहटको सीमा क्षेत्रमा भने हेल्थ डेस्कको समेत व्यवस्था छैन । 

प्रकाशित मिति: : 2020-03-03 12:04:47

प्रतिकृया दिनुहोस्