सोनी शाही
‘बारमा तेस्रोपटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रुखहरुले घेरेको क्याम्पभित्र रहेछ। हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम जहिले यी रुखहरूले आफूलाई नीलै बनाएर फलाउँदछन् । घरको दायाँपट्टि ग्यारेज जस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिकपर धेरै पञ्चरंगी फूलहरु बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरुले झन्डै छोपिएको...।’
पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’का सुरुका पंक्ति हुन् यी, जसले हामीलाई त्यस्तो कल्पनाको घरमा पुर्याउँछ, जुन घर फूलैफूलले घेरिएको होस् । हो, यस्तै आभास दिन्छ– लक्ष्मी कपालीको घरले।