'जंगलबाट घिसार्दै लगेर श्रीमती बनाए'

टंकमाया कार्की। तस्बिरः नारायण महर्जन/सेतोपाटी

हजुरआमाका कथाः 

टंकमाया कार्की धनकुटाको भेडेटारमा जन्मिएकी हुन्। काठमाडौं, गोकर्णेश्वर-५ बस्ने उनलाई उमेर सोध्दा भन्छिन्- चार कोरी भएँ नि! 

'चार कोरी' अर्थात् असी वर्ष। उनको जन्म १९९६ सालतिर भएको हुनुपर्छ। टंकमायालाई आफ्नो उमेरसँगै बुवाको नाम थाहा छ। जन्म दिने आमाको नाम भने थाहा छैन।

'आमाको त नाम बिर्सेँ, छैन जानेको। बुवाको नाम कुलबहादुर कटुवाल हो,' उनले भनिन्।

उनका सात दिदीबहिनी र एक दाजु थिए, अहिले उनी र अन्तरी दिदी मात्र छन्।

प्रकाशित मिति: : 2020-03-02 22:09:44

प्रतिकृया दिनुहोस्