बिएल संवाददाता
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतविरुद्ध सडक ग्राभेलको रकम भुक्तानीका लागि बिल बनाइदिए बापत सेवाग्राहीसँग ३७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो।
इन्जिनियर बस्नेतले सेवाग्राहीलाई उक्त रकम बर्दघाट सुस्ता पूर्व नवपलपरासीस्थित श्री डिस्ट्रीलरी प्रालिको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाएको आयोगको आरोपपत्रमा उल्लेख छ।
अनुसन्धानको क्रममा डिस्ट्रीलरीका अध्यक्ष धनेन्द्र कार्की र इन्जिनियर बस्नेतबीच नजिकको सम्बन्ध देखिएको आयोगको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। बस्नेतले झापाको गौरीगंज र अर्जुनधारा क्षेत्रमा सडक ग्राभेलको कामको बिल बनाइदिए बापत सेवाग्राहीलाई उक्त रकम डिस्ट्रीलरीको खातामा जम्मा गर्न लगाएका थिए।
डिस्टीलरीका अध्यक्ष कार्कीले इन्जिनियर बस्नेतलाई घुस लिन सहयोग गरेको र घुस रकमबाट आफूले पनि लाभ लिने गरेको देखिएकोले उनिविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया