भ्रमण वर्षको सुरुवातमै कोरोनाको धक्का, होटेलका ८५ प्रतिशत कोठा खाली

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै २० लाख पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ । तर, विश्वभर देखिएको कोरोना भाइरसको असरले भ्रमण वर्षको लक्ष्य भेट्ने होइन, पर्यटक आगमन नै ५० प्रतिशत घट्ने प्रक्षेपण हुन थालेको छ । सरकारले विदेशमा गरिने प

पर्यटनको मुख्य सिजन आउन केही साता मात्रै बाँकी रहेको अवस्थामा होटेलको बुकिङ १५ देखि २० प्रतिशतमा झरेको छ । बुकिङ र अन्तर्राष्ट्रिय सेमिनारका कार्यक्रमहरू पनि धमाधम रद्द हुन थालेका छन् । त्यस्तै, साना होटेलहरूको बुकिङदर शून्य अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन् । यसले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाइरहेको नेपाल भ्रमण वर्ष २०२० लाई सीधै असर पारेको छ ।

प्रकाशित मिति: : 2020-03-02 00:21:06

प्रतिकृया दिनुहोस्