‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश, हल नै बुक हुन थाले !

बिएल संवाददाता

काठमाडाै‌ं

गत हप्तादेखि रिलिजमा आएको चलचित्र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश गरेको छ। चलचित्रले पहिलो सातामा राम्रै व्यापार गरेको थियो। 

चलचित्रको शनिबारको बुकिङ राम्रो देखिएसँगै दोश्रो साताको व्यापार पनि सुखद हुने देखिएको छ। ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन्।

यसकारण पनि दर्शकहरु रंगशाला निर्माणको सहयोगार्थ फिल्म हेर्न हल पुगिरहेका छन्। अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर फिल्म हेर्न थालेका छन्।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र श्रीमान्–श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित छ। कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा फिल्म उत्कृष्ट बन्न सकेको छैन। यद्यपि, केही पञ्चलाइन भने गजब छन्। 

चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

प्रकाशित मिति: : 2020-02-29 05:13:27

प्रतिकृया दिनुहोस्