उनीहरू तीन तलाकका विरुद्धमा आन्दोलनरत हुन सक्छन् भने उनीहरूलाई सिएए, एनआरसी र एनपिआरका विरुद्धमा उभिन कसैले पनि रोक्न सक्दैन । आजका दिन साहिन बागका महिलाले बारम्बार सोधिरहेका छन्– कुनैवेला मुस्लिमका लागि सधैँ चिन्तित रहने मोदी आज उनीहरूको आवाज सुन्न किन चाहँदैनन् । त्यसैले उनीहरूले आफ्नो आवाज सुनाउन प्रधानमन्त्री मोदीलाई पोस्टकार्ड लेखेरसमेत पठाए ।