मध्यरातमा ईश्वर पोखरेलको त्यो ट्वीट...

पहिलोपोष्ट

काठमाडौं

कुञ्जरमणि भट्टराई

'शनिवारबाट नै फोन आइरह्यो, तपाईँलाई संविधान संशोधको कार्यदलमा राखिएको हो? त्यसपछि सोमबार बिहानै माधवकुमार नेपालले छलफल गरौं भनेर सम्पर्क गर्नुभयो। पत्रपत्रिकामा भनेजस्तो कार्यदलको कुरा हो भने आउँदिन भनेँ। उहाँले होइन, एकछिन बसौं भनेपछि कोटेश्वरमा भेला भयौं,' सोमवार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले फोनमा भनेका थिए।

उनले सुनाएको प्रसंग हो - वामदेव गौतमका लागि नेकपाले छलफल गरेको संविधान संशोधनको कार्यदल। नेकपाले शनिवार बसेको सचिवालय बैठकमा संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाइएको समाचार आइतबार बेलुकीमात्रै सार्वजनिक भयो।

समाचार बाहिरिएसँगै विभिन्न टीकाटिप्पणी सुरु भयो। सचिवालय सदस्यहरुले छलफलमात्रै भएको तर निर्णय नभएको प्रतिक्रिया दिन थाले।

सोमवार दिनभरजसो नै कार्यदलको विषयले तरंग पैदा गर्‍यो। नेताहरु आन्तरिक भेटघाटमा व्यस्त भए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहानै निवास पुगे।

प्रकाशित मिति: : 2020-02-27 21:35:34

प्रतिकृया दिनुहोस्