च्याम्पियन्स लिगमा बुधबार राति स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटी प्रतिस्पर्धा गर्दैछन्। प्रशिक्षक पेप ग्वार्डिओला पुरानो प्रतिद्वन्द्वीको मैदानमा फर्कँदा रियल मड्रिडका समर्थक फेरि एक पटक उनको विरोधमा हुनेछन्।
खेलाडी र प्रशिक्षकको भूमिकामा ग्वार्दिओलाले रियल मड्रिडविरुद्ध कयौँ पटक खेलेका छन्। यता बार्सिलोनाका प्रशिक्षक हुँदा ग्वार्डिओलाले सात पटक रियल मड्रिडको मैदानमा गएर खेले। जसमा उनले पाँच खेल जिते भने एउटामात्र हारेका थिए।
सिटीका प्रशिक्षकका रुपमा भने ग्वार्डिओला पहिलो पटक रियल मड्रिड जाँदैछन्। यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्न चुकिरहेको सिटी च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ।
उसको लक्ष्य पहिलो लेगमा अग्रता लिनु हो, जसले इतिहाद स्टेडियममा हुने दोस्रो लेगमा आफूलाई सहज हुनेछ।
तर,सिटीले च्याम्पियन्स लिगको अघिल्ला चार भेटमा मड्रिडललाई उसैको मैदानमा हराउँन सकको छैन। दुई हार ब्यहोरेको सिटीले दुई खेल बराबरी खेलेको छ।
यसपटक प्रशिक्षकका रुपमा जिनेदिन जिदान र पेप पहिलो पटक एक अर्काका विपक्षमा देखिँदैछन्। तर, मड्रिडका प्रशिक्षक जिदानेले सिटी वा ग्वार्डिओला कोहीसँग पनि मड्रिड नडराउने बताएका छन्।
‘यो खेल मड्रिड भर्सेस म्यान्चेस्टर सिटी हो, जिदाने ग्वार्डिओलाको होइन,’ खेलअघिको सम्मेलनमा जिदानेले भने।
उत्कृष्ट फर्ममा रहेको सिटीमा रहिम स्टर्लिङ इन्ज्युरी पछि फर्किएका छन्। घुँडाको इन्ज्युरीबाट इमेरिक लापोर्ते पनि अभ्यासमा फर्किएका छन्। लेरोई साने भने अझै पनि इन्ज्युरीबाट मुक्त हुन सकेका छैनन्।
मड्रिडमा भने इडिन हाजार्ड इन्ज्युरीका कारण मैदान बाहिरै रहनेछन्। ग्यारेथ बेल टिममा फर्किएका छन्।
स्मरण रहाेस् याे खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ।