बिएल संवाददाता
इटालीमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणका कारण इटालियन सिरी ए फुटबलका खेलहरु प्रभावित भएका छन् ।
यो सातामा हुने पाँचवटा खेलहरु बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना हुने भएका छन्। यसरी बन्द रंगशालामा हुने खेलमा युभेन्ट्सको खेल पनि छ।
युभेन्ट्सले इन्टर मिलानको मैदानमा खेल्दैछ। यस्तै युडिनेस, एसी मिलान, पार्मा तथा सासुओलोमा हुने खेलहरु पनि दर्शकबिना हुने छन्। लाजिओ, नापोली, लिचे र काग्लिएरीमा हुने खेलहरुमा भने दर्शक उपस्थित हुन पाउने छन्।
इटालीको उत्तरी क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। अहिलेसम्म इटालीमा २२९ जनामा संक्रमण पुष्टि भएको छ भने सातजनाको मृत्यु भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया