कसरी फस्यो धिरेन्द्रका दुई छोरीको ११ करोड?

पूर्व अधिराजकुमार धिरेन्द्रका दुई छोरीहरू सीतास्मा र दिलासा ५ वर्षदखि अदालत धाउँदै

पूर्व राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाहका दुई छोरी ५ वषदेखि लेनदेन मुद्दामा अदालत धाइरहेका छन्। उदयपुर चौदण्डी नगरपालिका–१० का एक व्यक्तिसँगको लेनदेन विवादमा धिरेन्द्रका छोरी सीतास्मा र दिलासा जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटन धाइरहेका छन्।

उनीहरूलाई ५ वर्षसम्म एकपछि अर्को अदालत धाउन बाध्य बनाउने हाई प्रोफाइल व्यक्ति हुन्, विवेक उपाध्याय। हाल उच्च अदालतमा ‘कोर्ट फि’ मिनाहा गर्ने सम्बन्धमा मुद्दा विचाराधीन छ। उच्च अदालत पाटनले आइतबार मात्र उपत्यकाका तीन मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै सम्पत्ति भए नभएको यकिन गरी पठाउन आदेश गरेको छ।

प्रकाशित मिति: : 2020-02-25 23:46:57

प्रतिकृया दिनुहोस्