मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो

सेतोपाटी

काठमाडाैं

अनुषा अधिकारी

महिनावारीका कुराः नयाँ शक्ति पार्टीकी संयोजक मानुषी यमी भट्टराई १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिइन्। त्यो बेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो। उनका बुवा बाबुराम भट्टराई र आमा हिसिला यमी भूमिगत थिए। मानुषी पनि उनीहरूसँगै 'भूमिगत' थिइन्।

'मलाई याद भएसम्म त्यो बेला म सिक्किमतिर थिएँ,' मानुषी भन्छिन्, 'हरेक दुई वर्षमा ठाँउ परिवर्तन गर्नुपर्थ्यो। म नयाँ स्कुल भर्ना गर्ने क्रममा हिँडिरहेकी थिएँ।'

मानुषी सिक्किममा रहेका नेपाली परिवारसँग बस्थिन्। सानैदेखि परिवारबाट टाढा उनी आफ्नो पहिलो महिनावारी बेला आमाका साथ रहन पाइनन्। त्यो बेला सबैजसो किशोरीका लागि 'डर' बन्ने पहिलो महिनावारी अनुभव उनले एक्लै सम्हालिन्। कुनै कुरामा आत्तिइनन्, डराइनन्।

उनलाई महिनावारीबारे ज्ञान अगाडिदेखि नै थियो रे। त्यसैले पहिलो पटक हुँदा पूर्ण तयारीमा थिइन्।

प्रकाशित मिति: : 2020-02-25 21:12:54

प्रतिकृया दिनुहोस्