पूर्वी नेपाल र संघिय राजधानी काठमाडौं बिच बनेको सबैभन्दा छोटो दुरीको बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन गुड्ने गर्छ । नियमित रूपमा आवतजावत गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र नभई राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू समेत यही राजमार्ग भएर यात्रा गर्न रुचाउँछन् । कम समयमै राजधानी काठमाडौँसम्म पुग्न सक्ने भएकाले यस बाटो धेरैले प्रयोग गर्छन्।