बिएल संवाददाता
जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका १० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका लक्की पुन रहेका छन्।
उनीहरुलाई प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले भकुण्डेबाट आइतबार पक्राउ गरेको हो।
उनीहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ।
लागुऔषध र तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ। उनीहरु लागुऔषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया