सरकार लोकतान्त्रिक विधिबाट निर्वाचित भए पनि यो माक्र्सवादी–लेनिनवादी हो, त्यसैले कांग्रेसका लागि यो अवसर हो
करिब–करिब इसापूर्व ४६० वर्षपहिले पेरिकल्सले एथेन्सका जनताको नेतृत्व गर्दै तानाशाही सामन्तलाई सत्ताच्युत गरेर एथेन्सलाई प्रजातन्त्रको स्वर्ण युगमा प्रवेश गराएका थिए । उनले नै जनताले नेतृत्व छान्ने प्रचलन सुरु गरेका थिए । त्यसैले होला ‘लोकतन्त्र’, जसको अर्थ ‘जनताको शासन’ हुन्छ ग्रिक भाषाबाट नै आयो ।