सोमबार, १५ डिसेम्बर २०२५

रञ्जुले अख्तियारमा मुद्दा हालेपछि बिना मगर आक्रोशित, चरित्र हत्या नगर्न चेतावनी

News Image
नागरिक
• • •

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्।

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!