आरके अदिप्त गिरी
बागलुङको गलकोटमा जारी ‘अन्तरराष्ट्रिय मूर्तिकला कार्यशाला’ मा स्थानीयहरू विश्वमा ख्यातिप्राप्त कलाकारहरू पाएर दंग परेका छन् ।
ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरिएको हो। गलकोट नगरपालिका–५ टेउवामा आयोजित कार्यशालाको भव्य समारोहका बीच सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यशालाको उद्घाटन गरे।
अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए।
गलकोटमै जन्मेका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्ष अघिदेखि नै सुरु गरिएको थियो । तर, ढिलो भए पनि यसले मूर्तरुप लिएकोमा म धेरै उत्साही छु उनले भने ।
‘गलकोट कला प्रतिष्ठान बागलुङ’ ले आयोजना गरेको कार्यशालामा ११ देशका ख्यातीप्राप्त मूर्तिकारहरूले कार्यस्थलमै बसेर मूर्ति सिर्जना गरिरहेका छन् ।
कलाकारले बनाएका यी मूर्तिहरूलाई व्यवस्थित सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ। अहिले गलकोटका स्थानीय सर्वसाधारण र कलाप्रेमीले आफ्नै आँखाअगाडि ख्यातिप्राप्त मूर्तिकारले सृजना गरेका मूर्ति अवलोकन गरिरहेका छन् ।
कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका छन्। यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को पनिगलकोटमै बसेर मूर्ति बनाइरहेका छन् ।
जिल्लाको दुर्गम गाउँमा पर्ने गल्कोटको हरिचौर टेउवामा भइरहेको कार्यशाला ३ हजार १ सय १० मिटर उचाइमा पर्छ। यो स्थान जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरीमा पर्छ। फागुन ५ गते सुरु भएको कार्यशाला १५ दिनसम्म चल्ने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । उनका अनुसार पूर्वाधार र कार्यशाला सञ्चालनमा कुल तीन करोड खर्च हुने अनुमान छ। डेढ करोड रुपैयाँ कार्यशालामा मात्र खर्च हुनेछ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गरेको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया