खाएको विष लाग्छ, नखाएको लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्: गोकुल बाँस्कोटा

फाइल तस्बिर।

एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।

खाएको विषमात्रै लाग्ने भन्दै सेतोपाटीसँग उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’

बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन्। 

प्रकाशित मिति: : 2020-02-20 23:12:24

प्रतिकृया दिनुहोस्