बिएल संवाददाता
टोटेनह्यामका फरवार्ड सन ह्युङ मिन केही साता मैदान बाहिर रहने भएका छन्।
दक्षिण कोरियाका २७ वर्षे फरवार्डको ४ फागुनमा एस्टन भिल्लाविरुद्धको खेलमा हात भाँचिएको थियो।
सनको यसै साता शल्यक्रिया गर्रिसँगै उनलाई विश्राम दिन लागिएको हो।
यससँगै उनले ७ फागुनमा च्याम्पियन्स लिगमा आरबी लिगपजिग र ११ फागुनमा प्रिमियर लिगमा चेल्सीविरुद्धको खेल गुमाउने भएका छन्।
सनले पछिल्लो पाँचै खेलमा गोल गरेका थिए। ४ फागुनमा भिल्लापार्कले टोटेनह्याम ३–२ ले विजयी हुँदा सनले दुई गोल गरेका थिए। उनले ४५ औँ मिनेटमा खेलको इन्जुरी समयमा गोल गरेका थिए।
टोटेनह्यामले यसअघि पनि फरवार्ड ह्यारी केनलाई चोटका कारण गुमाइसकेको छ। गत जनवरीमा केनलाई ‘ह्यामस्ट्रिङ’मा समस्या आएको थियो।
अब टोटेनह्यामको अग्रपंक्तिमा ब्राजिलका २७ वर्षे लुकास मोउरा, २२ वर्षे स्टेभन बर्गविन र १८ वर्षे ट्रोएमात्र छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया