बिएल संवाददाता
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो।
यसअघि पनि नेपाल टी–२० तर्फ १२ औं स्थानमै रहेको थियो। टी–२० तर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो। नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ।
टी–२० को विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ। अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन्।
टी–२० को खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ। नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन्।
बलिङतर्फ सन्दीप लामिछानेको वरियता सुधार भएको छ। अघिल्लो पटक ८५ औं स्थानमा रहेका सन्दीप ८४ औं स्थानमा रहेका छन्।
अलराउण्डतर्फ पारस यथावत् २७ औं स्थानमा रहेका छन्। सोमपाल कामी ६६ औं स्थानमा रहेका छन्।
अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया