बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडसँग चेल्सी स्तब्ध भएको छ। युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे।
आरोन वान बिसाकाको क्रसलाई सदुपयोग गर्दै मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।
६६ औँ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत युनाइटेडको अग्रतालाई दोब्बर बनाएका थिए।
घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे। बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औँ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भिएआर मार्फत मान्यता दिन अस्विकार गरेका थिए।
जितसँगै युनाइटेडले चौथो स्थानको चेल्सीसँगको दुरी तीन अंकमा झारेको छ। चौथो स्थानको चेल्सीको ४१ अंक छ। युनाइटेड ३८ अंकसहित सातौ स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया