बिहानदेखि बेलुका १० बजेसम्म सुटिङ चलिरह्यो। बीचमा हिउँ पर्यो। चिसोमा पनि कलाकारहरूले दिएको साथले सन्तुष्ट भएको भन्दै सेनले खुशी पोखे। चलचित्रको टोली बसेको होटलबाट बिहान १ घण्टा पैदल हिँडेर सुटिङमा जानु पर्थ्यो। सुटिङबाट बेलुका लखतरान परेर फर्कनु कलाकारहरुको दैनिकी थियो।