बिएल संवाददाता
लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। आर्सनलले घरेलु मैदानमा न्यु क्यासलमाथि ४–० गोल अन्तरको जित निकालेको हो।
आइतबार राति भएको खेलमा आर्सनलका लागि पिएरे इम्रिक औवामेयाङ, निकोलस पेपे, मेसुट ओजिल र एलेक्सान्द्रे लाकाजेटले गोल गरे।
पहिलो हाफ कुनै गोल गर्न नसकेको आर्सनल दोस्रो हाफ न्यु क्यासलमाथि हाबी भयो।
५४औं मिनेटमा औवामेयाङले गोलको खाता खोलेका थिए। त्यसको ३ मिनेट पछाडि नै पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।
९०औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनलाई खेलमा ३–० को अग्रता दिलाए।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए।
जितसँग आर्सनल २६ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ। पराजित न्यु क्यासल ३१ अंक जोडेर १३औं स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया