बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ को विरोधमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आन्दोलन गर्ने भएको छ।
बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै तीन महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।