आखिर किन प्रधानमन्त्री ओलीले विनोद चौधरीको नाम 'नोट' गर्न लगाए? मोबाइलको लाइसेन्ससँग जोडिएको अन्तर्कथा

ओम थापा

काठमाडाै‌ं

२०७४ जेठ दोस्रो साता, अर्थ मन्त्रालयको आफ्नो टीम लिएर मन्त्री डा. युवराज खतिवडा बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। साँझको समय थियो, डिनरपछि अर्थ मन्त्रालयको टीमले बजेटका विविध विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न थाल्यो।

छलफल चलिरहेको थियो। प्रसंगवश मन्त्रालयको टीम मध्येका एक जनाले विनोद चौधरीको नाम लिए। प्रधानमन्त्री ओलीले तत्तकाल जवाफ दिंदै भने, 'तपाईंँहरु सबैले डायरीमा यो नाम नोट गर्नुस् उहाँ ठीक लगाउनुपर्ने व्यक्ति हो।'

प्रधानमन्त्री ओलीको 'ठीक' लगाउने यो स्वभावका विषयमा पूर्व एमालेजन २०४८ मा भएको एउटा प्रसंग सुनाउँछन्। ओली झापाको कुनै चुनावीसभाबाट फर्कँदै थिए, खाना खानका लागि एउटा होटलमा पसे। अर्को टेबलमा बसेका एक जनाले उनलाई र पार्टीलाई लक्षित गरेर चर्को स्वरमा 'र्‍यागिङ' गरे।

खान खाएपछि ओली त्यहाँबाट चुपचाप हिंडे, तर र्‍यागिङ गर्ने ती व्यक्तिको जानकारी लिएर। त्यसपछिका तीन वर्ष त्यसै कट्यो। जब २०५१ को चुनावमा एमाले विजेता बन्यो। ओलीले ती र्‍यागिङ गर्ने व्यक्ति, जो सरकारी सेवामा सबैभन्दा जुनियरमध्ये एक खरिदार थिए, उनलाई काठमाडौंबाट जुम्ला सरुवा गरेर 'ठीक' पारिदिए।

प्रकाशित मिति: : 2020-02-17 04:14:13

प्रतिकृया दिनुहोस्