ह्विस्कीको दुःखले मोडियो उनको बाटो

यजस्वी राई र उनको ह्विस्की। तस्बिरः निशा भण्डारी/सेतोपाटी

यजस्वी राई 'ह्विस्की' लाई खुब माया गर्छिन्। दिनको सुरूआत ह्विस्कीसँग जिस्केर हुन्छ। जहाँ उनी पुग्छिन्, ह्विस्की पछि लाग्छ।

चिम्सा आँखा र डल्लो ज्यानको ह्विस्की यजस्वीको प्यारो कुकुर हो। 'लेकलेकः द ग्रिन वेभ' की सर्जक यजस्वीले जन्मदिनको उपहारस्वरूप दिदीबाट ह्विस्की पाएकी थिइन्।

एक वर्षअघिको कुरा हो, घरको पर्खालदेखि कौसीसम्म सहजै उफ्रिने ह्विस्की त्यो दिन यसै चक्कर काट्दै रहेछ। उसको असामान्य व्यवहार देखेर यजस्वी आत्तिइन्। पछि थाहा भयो, ह्विस्कीको मलद्वारमा प्लास्टिक अड्केर कब्जियत भएछ।

ह्विस्की यो समस्याबाट मुक्त त भयो, यजस्वीको मनले भने शान्ति पाएन। उनलाई ह्विस्कीका साथै वातावरण समस्याले पिरोल्न थाल्यो।

प्रकाशित मिति: : 2020-02-16 22:54:31

प्रतिकृया दिनुहोस्