सोमबार, १५ डिसेम्बर २०२५

डाईनियामा डेढ लाख बराबरको भारतीय चल्ला बरामद  

News Image
• • •

मोरङको सुुनवर्षी नगरपालिका ९ स्थित डाईनिया चोक नजिक भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा अवैध चल्ला प्रहरीले बरामद गरेको छ।  डेढ लाख मुल्य बराबरकोे बोईलर कुखुराको चल्ला रहेको  ३२ काटुन  चल्ला प्रहरीले बरामद गरेको हो।  ईलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद  गरेको  प्रहरीले जनाएको छ।  

शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्षको रोहवरमा उक्त चल्ला नष्ट गरिएको र सो चल्लाको बजार मुल्य १ लाख ५० हजार बराबरको रहेको छ। 
भारतको पटनामा उत्पादन मेरी गोल्ड लेखिएको काटुनसमेत फेला परेकोे ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!