सुत्केरी योद्धाहरू : जो सहिदमा दरिन तँछाडमछाड गर्थे

मातृत्व बच्चाको जन्म र हेरचाहमा मात्र सीमित छैन । आमा र युद्धसँग पनि मातृत्व उत्तिकै सम्बन्धित छ । मातृत्व र युद्धबारे महिलाको दुईवटा भूमिकाको विशेष चर्चा हुने गर्छ । एक, सन्तान जन्माई हुर्काई युद्धको लागि तयार पार्ने ‘आदर्श’ आमाको भूमिका । जसले सशरीर संलग्नताविना पनि मातृत्वको माध्यमबाट युद्धमा योगदान पुर्‍याउँछन् । अर्को, प्रत्यक्ष युद्धमा संलग्न भई मातृत्वको समेत दायित्व बोक्ने ‘योद्धा आमा’को भूमिका । यी दुई भूमिका आफैँमा अति जटिल कार्य हो ।

पछिल्लो भूमिकाचाहिँ अति जोखिमपूर्ण पनि हो । दशवर्षे माओवादी ‘जनयुद्ध’ताका यी दुवै भूमिका निर्वाह गर्ने महिला धेरै थिए, छन् । ‘आदर्श’ आमाको भूमिका निर्वाह स्वेच्छा वा सचेत रोजाइमा भएको थिएन । ‘योद्धा आमा’को भूमिका भने धेरथोर सचेत रोजाइ र स्वेच्छामा भएको थियो । पार्टी, युद्ध र नेपाली समाजबीचको तीन फरक लैंगिक संरचनाका कारण उनीहरूको मातृत्व अनुभव अकल्पनीय र अति कष्टकर रह्यो । 

प्रकाशित मिति: : 2020-02-16 02:22:24

प्रतिकृया दिनुहोस्