काठमाडौंलाई सिकाइ हुनेछ बोगोटा सहरको 'साइक्लोभिया'

सडकको परिभाषामा विश्वमै नयाँ मानक स्थापना गरेको कोलम्बियाको राजधानी बोगोटा सहरबारे हामी कुरा गर्दैछौं। सडक भनेको भौतिक संरचना मात्र होइन। यसको मानवीय पक्ष पनि हुन्छ, जसको उच्च मूल्यांकन गर्दै सडक र बाटाहरूलाई मानवीयकरण गर्ने अभियान बोगोटा सहरले सुरू गर्यो। आज संसारका चार सयभन्दा बढी विकसित सहरले यसको अनुकरण गरेका छन्। यही सन्दर्भमा सहर, सडक, साइकल, पैदलयात्रासँग प्रत्यक्ष जोडिएको सामाजिक तथा वातावरणीय अभियान हो- साइक्लोभिया।

बोगोटामा हरेक आइतबार र सार्वजनिक बिदाका दिन बिहान ७ देखि दिउँसो २ बजेसम्म प्रमुख सडकहरूलाई 'साइक्लोभिया' का लागि समर्पित गरिन्छ। यस क्रममा १ सय २० किलोमिटर सडकमा पूर्ण वा आंशिक रूपले गाडी निषेध गरिन्छ। त्यहाँ साइकलयात्री, पैदलयात्री, ह्विलचेयरयात्री, स्केटबोर्डयात्री र रनरहरूलाई निर्वाध रूपले सडक प्रयोग गर्न दिइन्छ।

प्रकाशित मिति: : 2020-02-16 00:29:34

प्रतिकृया दिनुहोस्