धनुषा बम विस्फाेटमा संलग्न मुख्य योजनाकार पक्राउ

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी भएको बम विस्फोटको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुक रहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकारमध्येका धानुकलाई सप्तरीबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

गएको मंसिर २८ गते महेन्द्रनगरमा भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, औषधी व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको ज्यान गएको थियो। यस घटनामा यसअघि नै ५ जना पक्राउ परिसकेका छन्। 

प्रकाशित मिति: : 2020-02-14 10:23:49

प्रतिकृया दिनुहोस्