सोमबार, १५ डिसेम्बर २०२५

एमसीसी कार्यदलको सिफारिश पार्टीका लागि बाध्यकारी हुन्छ : झलनाथ खनाल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू संयोजक रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नु पार्टीका लागि बाध्यकारी हुने बताएका छन्।

वरिष्ठ नेता खनालले पार्टी केन्द्रीय कमिटीले कार्यदल गठन गरेको दशौँ दिन बीएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘हामीलाई जुन म्यान्डेट दिएको छ, त्यो म्यान्डेटका आधारमा कार्यदलको रिपोर्ट दिन्छौँ। बाँकी काम पार्टीले गर्ने हो।’

‘त्यो रिपोर्ट पार्टीका लागि बाध्यकारी हुन्छ कि हुँदैन ?’ भन्ने जिज्ञासामा वरिष्ठ नेता खनालले भने, ‘कार्यदलले जे रिपोर्ट दिन्छ, त्यसलाई पार्टीले कार्यान्वयन गर्नुपर्छ। त्यो बाध्यकारी हो।’ 

आफू संयोजक रहेको एमसीसी कार्यदलले काम गरिरहेको बताउँदै उनले भने, ‘हेर्दै जाऊँ। म्याद थप्नुपर्ने हुनुसक्छ।’ उनले कति दिन म्याद थप्ने भन्नेबारे आफूहरूले साचिरहेको बताए। 

पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलले जे प्रतिवेदन दिए पनि एमसीसी संसद्बाट पारित हुने बताइसकेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!