सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुबै जना गम्भीर घाइते भएका थिए।
घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए।
मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन्।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।