यो वर्षको ओस्कर अवार्डमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ। योसँगै कोरियन फिल्मले इतिहास रचेको छ।
पहिलो पटक विदेशी भाषाको फिल्मले उत्कृष्ट फिल्म अवार्ड हासिल गर्दै इतिहास रचेको हो। विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो।
फिल्मका निर्देशक बोङ जून–होले उत्कृष्ट निर्देशकको पुरस्कार पनि जितेका थिए।त्यस्तै अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले फिल्म 'जोकर'बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाए भने, 'जुडी' फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेत्री भइन्।