थाइल्याण्ड गोलीकाण्ड : २७ जनाको मृत्यु, ३१ जना घाइते 

एजेन्सी

थाइल्याण्ड

थाइल्याण्डको उत्तर–पूर्वमा रहेको शहर नाखोन रातचासिममा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा २७ जना मानिसहरुको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

जंकाराफंथ थोमा नाम गरेका सैनिकले शनिबार सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरे पश्च्यात कोरातका नामले चिनेने नाखोन रातचासिम शहरको सपिङ सेन्टरमा पनि अन्धाधुन्ध गोली चलाएका हुन्।

उनी रातभर सोही सपिङ सेन्टरमा लुकेर बसेका थिए। जवाफी कारवाहीको क्रममा उनी आइतबार बिहान मारिएको थाइ प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

उनले सामाजिक सञ्चालमा केही सामग्री पोस्ट गरेका छन्। तर आक्रमण गर्नुको रहस्य भने खुल्न सकेको छैन्।

प्रकाशित मिति: : 2020-02-10 01:38:25

प्रतिकृया दिनुहोस्