कोरोना भाइरस: ज्यान गुमाउनेकाे संख्या ८ सय ५ पुग्याे, डब्लूएचओ भन्छ–‘अनर्गल’ प्रचार नगरौं

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र ८ सय ३ र चीन बाहिर २ जना गरी ८ सय ५ जनाको जनाको ज्यान गएको छ।

विभिन्न २८ देशमा फैलिसकेको कोरोनाबाट ३४ हजार ८ सयमा संक्रमण भएको बीबीसीले जनाएको छ। 

अहिलेसम्म १५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन्।  कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्या भन्दा धेरै भएको छ। सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए। 

‘अनर्गल’ प्रचार नगरौंः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसका बारेमा अफवाह ‘अनर्गल’ प्रचार नगर्न चेतावनी दिएको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।

सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताए।

उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगाएतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति: : 2020-02-09 20:00:06

प्रतिकृया दिनुहोस्