खाँदबारी नगरपालिका–४, पाङ्मामा ट्र्याक्टरको पछाडिको भागले चेप्दा चालकको ज्यान गएको छ।
गुडाउँदै गरेको ट्याक्टरको दाहिने चक्कामा समस्या आएपछि रोकेर चक्का फेर्ने क्रममा चालकलाई ट्याक्टरको पछिल्लो भागले चेपेको प्रहरीको भनाइ छ।
ज्यान गुमाउनेमा खोटाङ जिल्ला सुंदेल घर भएका २३ वर्षीय उचित राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए।