कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु

एजेन्सी

नुरसुल्तान, कजाकस्तान

मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन्। 

कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताए। उक्त भिडन्त स्थानीय गाउँलेहरुबीच भएको थियो।

उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो। स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्वीरहरु राखिएका छन्। उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन। 

कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन्। 

प्रकाशित मिति: : 2020-02-09 03:02:07

प्रतिकृया दिनुहोस्