किन दुख्छ टाउको?

गर्धनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाइलाई टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदीमा समवेदना शून्य (पेनरिक नहुनु) हुने हुँदा त्यो दुखे पनि हामीलाई महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशी सवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै संवेदनशील भाग दुख्नु हो। टाउको दुखाइ अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन्छ। यो टाउकाको एकापट्टी वा दुवैपट्टी तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ।

टाउको दुखाइ आफैंमा रोग हो। साथै अन्य रोगको लक्षण पनि हुनसक्छ।  मेडिकल भाषामा टाउको दुखाइलाई दुई भागमा विभाजन गरिएको छः प्राइमरी र सेकेन्डरी। अन्य कारणले नभएर आफैंमा दुखाइ हुनु प्राइमरी टाउको दुखाइ हो।  जुन तनाव, माइग्रेन र क्लष्टरका कारण हुन्छ। तनावले (टेन्सन हेडेक) गर्दा टाउको दुख्छ।  टाउको गह्रुंगो भइरहन्छ र महिनामा १५ दिन भन्दा बढी दुख्छ।

प्रकाशित मिति: : 2020-02-08 23:48:04

प्रतिकृया दिनुहोस्